NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ थिंलाथ्व चतुर्थी - ४

बोर्ड बैंठक सम्पन्न मिति २०८० भदौ २७ गते, बोर्ड भवन, पुल्चोक, ललितपुर ।

बोर्ड बैंठक सम्पन्न मिति २०८० भदौ २७ गते, बोर्ड भवन, पुल्चोक, ललितपुर ।

राष्ट्रिय सहकारी विकास बोर्डको ९५ औ बोर्ड बैठक आज मिति २०८० भदौ २७ गते सम्पन्न भयो । बैठकमा सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले सहकारी क्षेत्रमा बोर्डको भूमिका अहम रहेको बताउदै सहकारीको नीति निर्माण कार्यमा सरकारलाई सहयोग पुरयाउन  र सहकारी क्षेत्रको प्रवर्धन र विकासमा बोर्ड अझ सशक्त भएर आफना कार्यक्रमहरु संचालन गर्नु पर्ने सल्लाहा तथा निर्देशन गर्नु भयो ।

बैठकमा छलफलका लागि प्रस्तावहरु बोर्ड सह अध्यक्ष मित्रराज दवाडीले पेश गर्नु भएको थियो ।

बैठकमा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्षज्यू, अर्थ मन्त्रालयका सविच, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव, राष्ट्रिय योजना आयोगका प्रतिनिधिज्यू, सहकारी विभागका रजिष्ट्रारज्यू, नेपाल केन्द्रीय जडिवुटी सहकारी संघ लि.का अध्यक्ष,नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. अध्यक्ष,मधेश प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका सदस्यहरु, विशेषज्ञ,महिला सहकारी कार्यकर्ता, र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत बोर्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।