बोर्ड कार्यकारी समिति सदस्यमा २ जना केन्द्रीय सहकारी संघका अध्यक्षहरु निर्वाचित

बोर्ड कार्यकारी समिति सदस्यमा २ जना केन्द्रीय सहकारी संघका अध्यक्षहरु निर्वाचित

बोर्ड कार्यकारी समिति सदस्यमा २ जना केन्द्रीय सहकारी संघका अध्यक्षहरु निर्वाचित

राष्ट्रिय सहकारी विकास बोर्ड ऐन, २०४९ को दफा (७) (ठ) अनुसार केन्द्रीय सहकारी संघका अध्यक्षहरुले आफू मध्येबाट निर्वाचन गरेका २ जना सदस्यहरु बोर्डको कार्यकारी समितिमा रहने व्यवस्था रहेकोमा आज मिति २०८१।५।२७ गते केन्द्रीय सहकारी संघहरुका अध्यक्षहरुको उपस्थितिमा बोर्डको सभाहल भएको निर्वाचनमार्फत २ वर्षका लागि बोर्डको कार्यकारी समितिको सदस्यको रुपमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष श्री चन्द्र प्रसाद ढकाल र कृषि विउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष श्री विनोद पराजुली निर्वाचित भएको छ ।

कार्यक्रममा केन्द्रीय सहकारी संघहरुमध्येबाट १. श्री चन्द्र प्रसाद ढकाल (अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड) २. श्री विनोद पराजुली (अध्यक्ष, कृषि विउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेड) ३. श्री रामचन्द्र सिंह कुशवाहा (अध्यक्ष, केन्द्रीय उखु उत्पादक सहकारी संघ लिमिटेड) हरुले उम्मेदवारी दिनुभएकोमा निर्वाचन प्रणालीमार्फत २ जना सदस्य मनोनयन हुनु भएको हो ।

निर्वाचित हुनु भएका सदस्यहरुलाई बोर्डका सह–अध्यक्ष श्री मित्रराज दवाडी र सदस्य–सचिव डा. खगराज शर्मा लगायत सम्पूर्ण केन्द्रीय सहकारी संघका अध्यक्षहरुले बधाई तथा शुभकामना दिनु भएको थियो भने निर्वाचन अधिकृतले प्रमाण–पत्र प्रदान गर्नु भएको थियो ।