स्वागत तथा विदाई कार्यक्रम

स्वागत तथा विदाई कार्यक्रम

स्वागत तथा विदाई कार्यक्रम

नेपालको सहकारी क्षेत्रका प्रवद्र्धनकारी निकाय राष्ट्रिय सहकारी विकास बोर्डले मितिः २०८१ भदौ १२ गते एक कार्यक्रमको आयोगना गरि नव नियुक्त सदस्य–सचिव डा. खगराज शर्मालाई स्वागत गरेको छ भने पूर्व सदस्य–सचिव श्री विष्णु पौडेललाई विदाई गरेको छ । 
कार्यक्रममा बोर्डका सह–अध्यक्ष श्री मित्रराज दवाडीले नव नियुक्त सदस्य सचिव डा. खगराज शर्मालाई स्वागत गर्दै सहकारी क्षेत्रको प्रवद्र्धन र विकासमा बोर्डको महत्वपूर्ण भूमिका कानुनी प्रावधानले दिएको हुँदा यस सम्बन्धी कार्यक्रमहरु संचालन गर्दे बोर्ड अगाडि बढनु पर्ने बताउनु भयो साथै सफल कार्यकालको शुभकामना दिनु भयो भने विदाई भइ जान लाग्नु भएका पूर्व सदस्य सचिव श्री विष्णु पौडेललाई छोटो समयमा बोर्डको कार्यक्रम तथा कर्मचारीहरुमा सक्रियता प्रदान गर्नु भएकोमा धन्यवाद दिदै आगामी प्राप्त हुने जिम्मेवारीको लागि शुभकामना दिनु भयो ।
नव नियुक्त सदस्य सचिव डा. खगराज शर्माले बोर्ड सहकारी क्षेत्रको तजष्लप तबलप को रुपमा रहेको हँुदा सहकारी क्षेत्रमा नीतिगत रुपमा काम गर्नुपर्ने र कर्मचारीहरुको आत्मबल वृद्धि गर्दै संचालन भइरहेका कार्यक्रमलाई अझ प्रभाकारी रुपमा अघि बढाउने विचार व्यक्त गर्नु भयो । 
विदाई भइ जान लाग्नु भएका पूर्व सदस्य सचिव श्री विष्णु पौडेलले बोर्डको आन्तरिक व्यवस्थापन बलियो बनाई कर्मचारीहरुलाई परिचालन गर्नका लागि सुझाव दिदंै काम गर्नसके सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि बोर्डले अध्ययन, अनुसन्धान, सूचना तथा संचार र सहजीकरणमा अहम भूमिका निर्वाह गर्न सक्ने बताउनु   भयो ।
बोर्डमा आउनु भएका नव नियुक्त सदस्य सचिव र विदाई भइ जान लाग्नु भएका पूर्व सदस्य सचिवलाई बोर्डका सम्पूर्ण कर्मचारीहरुले शुभकामना तथा बधाई दिनु भएको थियो ।