NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि उत्पादनमूलक सहकारीहरुले व्यहोर्नु परेका समस्या र समाधानको उपायहरु विषयक १ दिवसीय कार्यशाला गोष्ठि मिति २०८१ असार १७ गते सम्पन्न गरेको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि उत्पादनमूलक सहकारीहरुले व्यहोर्नु परेका समस्या र समाधानको उपायहरु विषयक १ दिवसीय कार्यशाला गोष्ठि मिति २०८१ असार १७ गते सम्पन्न गरेको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि उत्पादनमूलक सहकारीहरुले व्यहोर्नु परेका समस्या र समाधानको उपायहरु विषयक १ दिवसीय कार्यशाला गोष्ठि मिति २०८१ असार १७ गते सम्पन्न गरेको छ ।

गोष्ठीको उदघाटन गर्दै भूमि व्यस्था, सहकारी तथा गरिवी निवारण मन्त्री एवं बोर्ड अध्यक्ष मा.बलराम अधिकारीज्यूले संविधानको मर्म र भावना अनुसार सहकारी संस्थाहरु उत्पादनमा जोडिनु पर्छ । सरकारले सहकारी क्षेत्रको विकासका लागि ऐन, कानुन परिमार्जन र आवश्यक संयन्त्रको विकास गर्दै काम गर्ने विश्वास दिलाउनु भयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्साहजनक सहभागिताका लागि सवैलाई धन्यवाद दिदंै समाजवाद उन्नमूख अर्थतन्त्रको विकासका लागि राष्ट्रिय मूल्य अभिवृद्धिका लागि सहकारीहरुले काम गर्नुपर्नेमा जोड दिनु भयो ।

भूमि व्यस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले सवैले कानुनको पालना गरौ, अप्ठ्यारा कानुनहरुलाई संशोधन गर्दै अघि बढांै र नीति राम्रो भएर मात्र हुँदैन काम गर्ने नियत पनि राम्रो हुनु प¥यो भनी सहकारीकर्मीहरुलाई सुझाव दिनु भयो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओम देवी मल्लले सहकारीले गरेका कामहरुको लेखाजोखा हुनुपर्ने र सहकारीमा उत्पतीको प्रमाण पत्र, ब्राण्डिङ्ग र बाझिएका ऐन संशोधन गर्नुपर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य–सचिव विष्णु पौडेलद्धारा संचालित कार्यक्रममा बोर्डका विशेषज्ञ सल्लाहाकार रामजी प्रसाद न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का महाप्रबन्धक रुद्र भट्टराईले कृषि सहकारी संस्थामा कृषि उद्यम प्रवद्र्धनका प्रयास, समस्या तथा समाधानका उपायहरु विषयक र नेपाल केन्द्रिय जडिबुटी सहकारी संघ लिमिटेडका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले उत्पादनमुलक सहकारी संस्थाहरुले व्यहोर्नु परेका समस्या र समाधानका उपाय विषयक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कार्यपत्र प्रस्तुतिमाथि सहभागिहरुले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा टिप्पणीकर्ताको रुपमा १.प्रताव कुमार पाठक (पूर्व सचिव तथा सहकारी विज्ञ), २. रामचन्द्र उपे्रति(संस्थापक अध्यक्ष, नेपाल बहुउदेश्यी सहकारी संस्था लि.), ३.केशव प्रसाद रेग्मी(सहकार विज्ञ) र ४.डा. खगराज शर्मा(विशिष्टीकृत सहकारी संघ लि.) रहनु भएको थियो ।

कार्यक्रममा सहभागिहरुबाट चार समूह (१. नीतिगत तथा कानुनी सुझावहरु, २. संस्थागत तथा संरचनागत सुझावहरु, ३.व्यवस्थापकिय, प्रणालीगत र मनोव्यवहारिक सुझावहरु ४. सुझाव कार्यान्वयनका सुझावहरु) संकलन गरिएको थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी व्यवस्थापन समितिको कार्यालय, राष्ट्रिय सहकारी महासंघ, सहकारी विभाग, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, केन्द्रीय सहकारी संघहरु र उत्पादनसँग जोडिएका सहकारी संस्थाहरु गरी करिब १०० जनाको उपस्थिती रहेको थियो ।