राष्ट्रिय सहकारी विकास बोर्डले महासंघ र केन्द्रिय सहकारी संघहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले महासंघ र केन्द्रिय सहकारी संघहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

मुलुकमा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानमा सहकारी अभियानको धारणा अघि ल्याउनका लागि राष्ट्रिय सहकारी विकास बोर्डले बोर्डले आज मिति २०८१ बैंशाख २८ गते राष्ट्रिय सहकारी महासंघ र केन्द्रिय सहकारी संघहरुसँग सहकारी संघहरुको विद्यमान स्थिती र संभावना, सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि अवलम्बन गर्नुपर्ने उपायहरु–नीतिगत, संरचनागत, संस्थागत, व्यवहारिक र अन्य पक्षहरु लगायत विषयसम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । 
छलफलमा बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले अहिले विशेषगरी केही बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा समस्या देखिएको अवस्थामा यसको प्रभावमा अरु राम्रा सहकारीहरुलाई नकारात्मक प्रभाव परिरहेको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरुको खोजीका लागि यस छलफल तथा अन्तरक्रियाले सहयोग हुने बताउनु भयो । उहाँले अवको सहकारी क्षेत्रको सुदृढिकरणको लागि छुट्टै नियमनकारी निकायको आवश्यकता रहेको विचार व्यक्त गर्नु भयो ।
बोर्डका सदस्य–सचिव विष्णु पौडेलले सहभागिताका लागि सवैलाई धन्यवाद दिदैं सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार, अभियान र सरोकारवाला निकायहरुको भूमिका कस्तो रहेको र कस्तो हुनुपर्दछ भन्ने विषयमा निरन्छर छलफल हुनु जरुरी भएको र सहकारी क्षेत्रमा नीतिगत, संरचनागत र संस्थागत सुधार हुनु आवश्यक रहेको  । 
छलफल कार्यक्रममा उस्थित सहभागिहरुले आ–आफ्ना संघहरुको विद्यमान अवस्था र सुझावहरु राख्नु भएको थियो ।
सहभागि तथा प्रतिनिधिहरुः
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओम देवी मल्ल, 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, 
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्याक्ष खेम पाठक, 
केन्द्रीय कफी संघका अध्यक्ष तुलसी राज धिताल, 
जुनार केन्द्रीय सहकारी संघका अध्यक्ष दिपक प्रसाद कोइराला,
मौरी केन्द्रीय सहकारी संघका अध्यक्ष जानुका देवी थापा,
केन्द्रीय सुपारी सहकारी संघका प्रतिनिधि प्रविन निरौला,
नेपाल केन्द्रीय पर्यटन सहकारी संघका संचालक हरी शरण गिरी,
नेपाल केन्द्रीय उपभोक्ता सहकारी संघका अध्यक्ष टेक प्रसाद चौलागाई,
नेपाल केन्द्रीय स्वास्थ्य सहकारी संघका अध्यक्ष डा. बंशीधर मिश्र,
नेपाल सूचना तथा संचार सहकारी केन्द्रिय संघका प्रतिनिधि राम सुवेदी,
बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव तुलसी प्रसाद सापकोटा,
नेपाल केन्द्रीय जडीबुट्टी सहकारी संघका अध्यक्ष इश्वरी प्रसाद पाण्डे,
केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघका अध्यक्ष बावुराम अधिकारी
केन्द्रीय दुध सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुवर
साथै बोर्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।