NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

राष्ट्रिय सहकारी विकास बोर्डले मितिः २०८१ बैंशाख २५ गते साझा सहकारी संस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले मितिः २०८१ बैंशाख २५ गते साझा सहकारी संस्थाहरुसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डले बोर्डको शेयर लगानी भएका साझा सहकारी संस्थाहरु (साझा स्वास्थ्य सेवा सहकारी, कृषि सामग्री कम्पनी, साझा यातायात सहकारी, साझा प्रकाशन सहकारी, साझा भण्डार सहकारी संस्था) सँग विद्यमान अवस्था, संस्थाहरुको कार्य सम्पादनको स्थिती, संस्थाहरुले भोगेको समस्याहरु र बोर्डको तर्फबाट गर्नुपर्ने सहयोग, नयाँ बन्ने कानुनमा राख्नु पर्ने विषयहरु, शेयर संरचनाको अद्यावधिक स्थिती र बोर्डले पाइरहेको वा पाउनु पर्ने रकम र सुधारको आगामी कार्यदिशासम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ ।

छलफलमा बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले सरकार प्रवद्र्धित सहकारी संस्थाहरुको महत्वलाई मध्यनजर गर्दै भएका समस्या र चुनौतिलाई समाधान गर्दै सुधारको बाटोमा लैजानु पर्ने बताउनु भयो । सह–अध्यक्ष दवाडीले प्रत्येक प्रदेश, जिल्ला र नगरहरुमा साझा संस्थाहरुको सेवा पु¥याउन सक्यौ भने जनतालाई राहत पुग्ने विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा बोर्डका सदस्य–सचिव विष्णु पौडेलले सहभागिताका लागि सवैलाई धन्यवाद दिदैं साझा संस्थाहरुको अवस्थाको र समस्याको पहिचान गर्न यस छलफलले मदत पुगेको बताउनु भयो । सदस्य सचिव पौडेलले यस किसिमका संस्थाहरुलाई सक्रिय बनाउनका लागि आपसी समझदारी, समन्वय र सहयोगको माध्यमबाट अघि बढ्न र सुधारको बाटोमा लाग्न सुझाव दिनु भयो । उहाँले यस छलफल, अन्तरक्रियालाई निरन्तरता दिई अघि बढ्ने विश्वास समेत दिलाउनु भयो ।

कार्यक्रममा साझा स्वास्थ्य सेवा सहकारीबाट चुडामणी भण्डारी, कृषि सामग्री कम्पनीबाट विष्णु प्रसाद केसी, साझा यातायात सहकारीबाट जोन तामाङ र सरला सक्सेना, साझा प्रकाशन सहकारीबाट भेषराज घिमिरे र सुनील चन्द्र अधिकारी, साझा भण्डार सहकारी संस्थाबाट लक्ष्मी उप्रति र सानु भाई श्रेष्ठका साथै बोर्डका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।