NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

बोर्डमा नयाँ सदस्य–सचिवमा मन्त्रालयका उप–सचिव बिष्णु पौडेल नियूक्त

बोर्डमा नयाँ सदस्य–सचिवमा मन्त्रालयका उप–सचिव बिष्णु पौडेल नियूक्त

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, मन्त्रीस्तरको मितिः २०८१ बैशाख १३ गतेको निर्णय अनुसार मन्त्रालयका उप–सचिव बिष्णु पौडेल राष्ट्रिय सहकारी विकास बोर्डमा सदस्य–सचिवको पदमा नियूक्त हुनु भएको छ । 
बोर्डले एक कार्यक्रमको आयोजना गरी नव नियूक्त सदस्य–सचिव पौडेललाई मिति २०८० बैंशाख १७ गते स्वागत गरेको छ । स्वागत गर्दै बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले आपसी सहयोग र समन्यव अनुसार काम गर्नसके सफल हुने बताउदै शुभकामना व्यक्त गर्नु भयो ।
नव नियूक्त सदस्य सचिव पौडेलले सवै कर्मचारीहरुलाई आफ्ना कार्य जिम्मेवारीपूर्वक गर्न निर्देशन दिदैं गलत काम गर्नेलाई माफी नहुने भन्दै राम्रा काम गर्नेलाई साथ र सहयोग रहने बताउनु भयो । सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि संरचनागत रुपमा बलियो रहेको बोर्डको स्रोत र साधनको सदुपयोग गर्न आवश्यक रहेको बताउनु भयो । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सवै पक्षको साथ र सहयोग आवश्यक रहने बताउँदै यस क्षेत्रको प्रभावकारीता अभिवृद्धिका लागि आफ्नो तर्फबाट विशेष भूमिका रहने बताउनु भयो । 
सदस्य सचिव पौडेलले यसअघि सहकारी अधिकृत, प्राचार्य र मन्त्रालयको उपसचिव पदमा रही आफ्नो भूमिका प्रभावकारीताकासाथ निर्वाह गरिसक्नु भएको छ ।