NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलागा पारु - १६

बोर्डको विद्यमान अवस्था र भविष्यबारे भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री मा.बलराम अधिकारीज्यूसँग छलफल

बोर्डको विद्यमान अवस्था र भविष्यबारे भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री मा.बलराम अधिकारीज्यूसँग छलफल

राष्ट्रिय सहकारी विकास बोर्डको विद्यमान अवस्था र भविष्यबारे भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री मा. बलराम अधिकारीसँग छलफल भएको छ ।
छलफलमा मन्त्री अधकारीले सहकारी क्षेत्रको विकासका लागि सवै सरोकारवाला निकायहरुसँग निरन्तर छलफल, अन्तरक्रिया गर्नुपर्ने बताउँदै पुराना साझा संस्थाको अवस्थाको अध्ययन गरी सोको प्रभावकारी व्यवस्थापन, बोर्डको संचालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशालाको व्यवस्थापन लगायतका विषयलाई महत्वकासाथ उठाउनु भयो । सहकारी क्षेत्रलाई व्यवस्थित गर्न सहकारी क्षेत्रको नियमन, व्यवस्थापन र सुशासनका  लागि एउटा छुट्टै उच्चस्तरिय संस्थागत संयन्त्रको विकास  गर्नुपर्ने धारणा मा. मन्त्रिज्यूले राख्नु भयो ।
कार्यक्रममा बोर्डका सह–अध्यक्ष मित्रराज दवाडीले बोर्डका अधिकार भित्रका कार्यहरुलाई संरक्षित गर्दै थप जिम्मेवारी वा संरचना परिवर्तन गरी बोर्डलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिनु भयो । 
छलफल कार्यक्रममा बोर्डका सदस्य–सचिव विष्णु पौडेलले बोर्डको विस्तृत जानकारी, काम, कर्तव्य अधिकार र विद्यमान अवस्थाको बारेमा प्रस्तुती राख्दै बोर्डलाई थप जिम्मेवारी दिने वा प्राधिकरण बनाउने वा उच्च स्तरिय नियमनकारी निकायको रुपमा विकास गरी काम गर्नुपर्ने सम्बन्धमा विचार राख्दै थप मार्गनिर्देशनका लागि मन्त्रिज्यूसमक्ष बोर्डको आगामी कार्ययोजना प्रस्तुत गर्नु भयो । छलफलमा मन्त्रालयका पदाधिकारीहरु र बोर्डका शाखागत कर्मचारीको सहभागिता रहेको थियो ।